News राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा ४० खेलाडी
गोलनेपाल

काठमाडौं । साउदी अरबमा हुने वाफ महिला च्याम्पियनसिपका लागि राष्ट्रिय महिला फुटबल टोली तयारी पार्न बन्द प्रशिक्षणमा ४० खेलाडीहरुलाई सामेल गरिएको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आउँदो फेब्रुअरी १८ देखि २८ तारीखसम्म हुन गइरहेको वाफ महिला च्याम्पियनसिपका लागि सो प्रारम्भिक टोली घोषणा गरेका हुन् ।

स्मरण रहोस, प्रतियोगितामा नेपाल बाहेक गुआमले पनि आमन्त्रित टोलीका रुपमा पहिलोपटक सहभागिता जनाउने छन् । त्यसवाहेक आयोजक साउदीसँगै जोर्डन, लेबनान, प्यालेस्टाइन, सिरिया र इराकले पनि सहभागिता जनाउने बताइएको छ । जोर्डन प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।

नेपालको प्रारम्भिक स्क्वाडः

अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, सपना राई, कबिता बिक, अमृता जैशी, गीता राना, हिरा कुमारी भुजेल, पुजा राना, बिमला बिक, निशा थोकर, समिक्षा घिमिरे, अन्जली वाइबा, बिमला चौधरी, अनिता बस्नेत, प्रिती राई, दिपा शाही, साबित्रा भण्डारी, अनिता केसी, सबिता राना मगर, रश्मी कुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल, चन्द्रा भण्डारी, हेमा चौधरी, गंगा गुरुङ, सरस्वती हमाल, प्रतिक्षा चौधरी, दिपा न्यौपाने, मोनिका पुलामी मगर, अनुष्का शेर्पा, अन्जली माचामची, सपना थेबे, मनमाया दमै, सम्झना लावती, निर्मला उपाध्याय, प्रिया माझी, सरु वाइबा, रेबिका पाण्डे, कुमारी थोकर

Post Comments