News चौथो पाँचथर गोल्डकप हुने
गोलनेपाल

फिदिम । पाँचथर क्लबको आयोजनामा आउँदो फागुन १२ देखि १९ गतेसम्म चौथो पाँचथर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । आयोजकका अनुसार प्रतियोगिता चार वर्षपछि पूनः हुन लागेको हो । यसअघि अन्तिमपटक यो प्रतियोगिता वि.सं. २०७६ सालमा भएको थियो ।

आयोजकका अनुसार प्रतियोगितामा आयोजक टोलीसहित कुल ८ टोलीहरुले सहभागिता जनाउने छन् । टिम सहभागिताका लागि ए डिभिजन, सुपर लिग र केही मोफसलका चर्चित टोलीहरुसँग पनि प्रयास भईरहेको आयोजक क्लबका सचिव योगराज सेढाईले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले २ लाख २२ हजार प्राप्त गर्नेछ । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments