News आरसीटीको फुटबल प्रशिक्षण कार्यक्रम सृुरु
गोलनेपाल

काठमाडौं । काठमाडौं महागनरपालिकासको सहयोगमा अन्नपूर्ण आरसीटीको आयोजनामा शनिबारदेखि फुटबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

उत्कृष्ट युवा खेलाडीको उत्पादन उद्देश्य राखेर ग्रास रुट स्तरको यो फ्रशिक्षण कार्यक्रम सुरु गरिएको हो । कार्यत्रम लैनलोर युवा क्लब र बाँसबारी क्लबको संयुक्त सहकार्यमा सुरु भएको हो ।

प्रशिक्षक प्रत्येक शनिबार र विदाको दिन संचालन हुनेछ । यसमा आठदेखि १४ वर्षसम्मका १ सय २५ खेलाडीको सहभागिता रहेको छ । त्यसमध्ये १९ बालिका रहेका छन् । काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले मुख्य प्रशिक्षक विराटकृष्ण श्रेष्ठलाई बल हस्तान्तरण गर्दै कार्यक्रममा सुरु गरे ।

Post Comments