News हिमालयनलाई फुटसल उपाधि
गोलनेपाल

काठमाडौ । यहाँ सम्पन्न मदन भण्डारी रनिङ्ग सिल्ड खुल्ला फुटसल प्रतियोगिताको उपाधी हिमालयन फुटसल क्लवले उचालेको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आईतबारदेखि सुरु भएको प्रतियोगिताको फाईनल खेलमा पेनाल्टी सुट आउटमा माहिन फुटसल क्लवलाई हराउदै हिमालयनले उपाधि जितेको हो । उपाधीसंगै हिमालयनले एक लाख ५० हजार नगद र शिल्ड प्राप्त गर्यो ।

पेनाल्टी सुट आउटमा हिमालयनले तीन र माहिनले दुई गोल गरेका थिए । उपविजेता माहिनले ७५ हजार रुपैया र शिल्ड प्राप्त गर्यो । विजेता तथा उपविजेता टिमलाई पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री एबं नेकपा एमालेका नेता आनन्द पोखरलले पुरस्कार तथा शिल्ड प्रदान गरे ।

सो अवसरमा पूर्वमन्त्री पोखरेलले खेलकुदले समाजमा बहुआयामिक महत्व बोकेको चर्चा गर्दै एकेडेमीका खेल गतविधि प्रशंसनिय रहेको बताए ।

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार तथा पूर्ब प्रदेश सभासद मोहन रेग्मी, एकेडेमीका सुवर्ण श्रेष्ठ, उत्तमकुमार राउतलगायतले बोलेका थिए । कार्यक्रम संयोजक सरिला श्रेष्ठका अनुसार प्रतियोगितामा देशभरका १५ वटा टिम सहभागिता थिए ।

Post Comments