News आई लिगमा सुखद बनेन एरिकको डेब्यु
गोलनेपाल

काठमाडौं । हालै मात्र चर्चित भारतीय क्लब शिलोङ लाजोङ फुटबल क्लबमा आवद्ध भएका नेपालका स्टार मिडफिल्डर एरिक बिष्टको आई लिग डेब्यु सुखद बन्न सकेन । शनिबार इन्टर काशी विरुद्ध पहिलो रोजाई मै उत्रिएका एरिकको टोली शिलोङले शून्यका विरुद्ध १ गोलको हार बेहोर्न पुग्यो ।

शिलोङको घरेलु मैदानमा भएको खेलमा इन्टर काशीका लागि पहिलो हाफको २३औं मिनटमा जियानी डोस सान्तोसले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो । खेलको शुरुवात मै पहेंलो कार्ड खाएका एरिकले पूरा समय खेले तापनि आफ्नो डेब्युलाई सुखद बनाउन सकेनन् ।

यो नतिजापछि १२ खेलबाट १९ अंकका साथ शिलोङ लिगतालिकाको पाँचौं स्थानमा छ । उता इन्टर काशी भने १८ अंकका साथ छैठौं स्थानमा छ । शिलोङले आफ्नो आगामी खेल फेब्रुअरी १२ तारीख सोमबारका दिन गोकुलम केरलासँग खेल्नेछ ।

Post Comments