News नेपालको फाइनल प्रवेशको सम्भावना कायमै
गोलनेपाल

काठमाडौं । पहिलो खेलमा आयोजक तथा साविक विजेता बंगलादेशससँग ३–१ ले पराजित हुन पुगेको नेपालले जारी साफ यु–१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा महत्वपूर्ण जित निकाल्दै फाइनल प्रवेशको सम्भावनालाई जिवन्त राखेको छ ।

आइतबार ढाका स्थित विर श्रे्रेष्ठ शहिद सिपाही मोस्तफा कमल स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै फाइनल प्रवेशको सम्भावना कायम राखेको हो । खेलको ५४औं मिनटमा सेनु परियारले गरेको एक मात्र गोल नेपाललाई महत्वपूर्ण तीन अंक दिलाउन प्रर्याप्त बन्यो ।

नेपालले लिग चरणको अन्तिम तथा निर्णायक खेलमा मंगलबार दावेदार भारतको सामना गर्नेछ । दक्षिण एसियाका चार देशहरु सहभागि प्रतियोगिताको लिग चरणको खेल पश्चात शिर्ष दुई स्थान हासिल गर्ने दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल फेब्रुअरी ८ तारीखका दिन हुनेछ ।

Post Comments