News बंगलादेशसँग भारत स्तब्ध
गोलनेपाल

काठमाडौं । साविक विजेता तथा आयोजक बंगलादेशले जारी साफ यु–१९ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्दै फाइनल प्रवेश लगभग सुनिश्चित गरेको छ । आइतबार भएको लिग चरणको दोस्रो खेलमा बंगलादेशले बलियो प्रतिद्वन्द्वी भारतलाई १–० ले हरायो ।

ढाका स्थित विर श्रेरेष्ठ सहिद सिपाही मोस्तफा कमल स्टेडियममा भएको खेलको इन्जुरी समयमा मोसम्मत सगोरिकाले गरेको एक मात्र गोल भारत विरुद्ध घरेलु टोलीलाई जित दिलाउन र महत्वपूर्ण तीन अंक हासिल गर्न निर्णायक गोल बन्यो ।

लिग चरणको दुई खेलहरुको समाप्ती पश्चात् ६ अंकका साथ बंगलादेश शिर्ष स्थानमा छ । समान ३–३ अंक जोडेका भारत र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदा अंकविहीन भुटान पुछारमा छ ।

लिग चरणको अन्तिम तथा निर्णायक खेलमा मंगलबार भारत र नेपाल भिड्ने छन् भने सोही दिन बंगलादेशले भुटानको सामना गर्नेछ ।

 

Post Comments