News भिमफेदीमा राष्ट्रिय स्तरको फुटबल मैदान बन्दै
बिक्रम बानियाँ क्षेत्री

मकवानपुर । भिमफेदी गाउँपालिका वडा नम्बर ४ चिउरी बगैचामा राष्ट्रिय स्तरको फूटबल मैदान बन्ने भएको छ । यो बर्ष मैदानलाई सम्याउने र फिलिङ गर्ने काम गरिने र आगामी बर्ष प्याराफिट बनाएर राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने लक्ष्य रहेको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए ।

अहिले इन्जिनियर विवेक कार्की सहितको टोली परिचालित भई मैदान सम्याउने काम भईरहको समेत अध्यक्ष लामाले जानकारी दिए । यो मैदानलाई प्रदेश सरकारले पनि सहयोग गर्ने लामाले बताए ।

त्यस्तै मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा र उनको टिमबाट प्राविधिक सहयोग प्राप्त भएको जानकारी समेत अध्यक्ष हिदम लामाले जानकारी दिए ।

Post Comments