News भनिमण्डल, एणआरटी, थापागाउँ र ठमेलको जित
गोलनेपाल

भरतपुर । स्व दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कपमा मंगलबार चार खेलहरु सम्पन्न भएको छ ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा आयोजक चितवन भेट्रान रातो पराजित भएको छ । चितवन भेट्रान भनिमण्डलसँँग १-० ले पराजित भएको हो ।

यस्तै दोस्रो खेलमा एनआरटी एफसी भेट्रानले सिमरा भेट्रानलाई हरायो । एनआरटी टाइब्रेकरमा ३-१ ले विजयी भयो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।

तेस्रो खेलमा थापागाउँ सुधार समिति विजयी भयो । थापागाउँले ताकामी भेट्रानलाई सडन डेथमा पाखा लगायो । निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि २-२ को बराबरी भएपछि सडनमा थापागाउँ विजयी भयो ।

त्यसअघि निर्धारित समयमा थापागाउँका कृष्णकुमार राई र ताकामीका राजेन्द्र कपालीले गोल गरे । थापागाउँका गोलरक्षक दीलिप कुमार क्षेत्री म्यान अद दि म्याच भए ।

आजको चौथो खेलमा ठमेल ११ भेट्रान विजयी भयो । ठमेलले गोर्खा ब्वाइज भेट्रानलाई टाइब्रेकरमा ३-२ ले पराजित गर्‍यो । त्यस अघि निर्धारित समय एक-एक गोलको बराबरीमा सकिएको खेलमा गोर्खा ब्वाइजका लागि चण्डिका प्रसाद चौधरी र ठमेलका निलेन्द्र सेवाले गोल गरेका थिए । ठमेलका गोलरक्षक रुपम गुरुङ म्यान अफ दि म्याच भए ।

चितवन भेट्रान फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा बुधबार पनि चार खेल हुनेछन् । फागुन १२ गतेसम्म हुने प्रतियोगिताको विजेताले ट्रफीसहित एक लाख तथा उपविजेताले ७५ हजार प्राप्त गर्नेछ ।

Post Comments