News माउन्ट सेबलाई अर्किड कपको उपाधि
गोलनेपाल

काठमाडौं । माउन्ट सेबले आठौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ । काँडाघारीस्थित आयोजक अर्किड स्कुलमा भएको फाइनलमा माउन्ट सेबले गेटवे एकेडेमीलाई १–० गोलले पराजित गर्यो ।

माउन्ट सेवको जितमा रिजन शाहीले निर्णायक गोल गरे । त्यस्तै गोल्डेन बड तेश्रो तथा ब्रम्हकुञ्ज चौथो भए । शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाए ।

माउन्ट सेबका आशिष गौतम सर्वोत्कृष्ट खेलाडी घोषित भए । गेटवेका कृजल श्रेष्ठ उदीयमान खेलाडी चुनिए । श्री सञ्जय साइका प्रिन्स दुधराज सर्वाधिक गोलकर्ता बने । प्रतियोगिता अवधिभर उनले ६ गोल गरे । गेटवेका रजत बस्नेत उत्कृष्ट डिफेन्डर तथा माउन्ट सेबका जगदीश खड्का उत्कृष्ट गोलरक्षक बने । त्रिज्योति अनुशासित टिम बन्यो ।

विजेतालाई सांसद रामहरि खतिवडा, एनप्याब्सन काठमाडौं जिल्ला समितिका अध्यक्ष अमृत खड्का, अर्किडका संस्थापक अध्यक्ष प्रेमकुमार भुजेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन ४ गतेदेखि सुरु प्रतियोगितामा ३८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Post Comments