News नेर्पा र खाल्ले क्वाटरफाइनलमा प्रवेश
गोलनेपाल

सोल्मा । नेर्पा स्पोर्टस क्लब र खाल्ले फुटबल क्लब यहाँ जारी चौथो वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

खोटाङ स्थित सोल्मा खेलमैदानमा भएको पहिलो खेलमा नेर्पाले इन्द्रपोखरी खेलकुद विकास समितिलाई ३–१ ले हरायो । नेर्पाको जितमा बिकी चाम्लिङले दुई गोल गरे भने रोशन क्षेत्रीले थप एक गोल गरेका थिए ।

उता पराजित इन्द्रपोखरीका लागि निरज राईले एक मात्र सान्त्वना गोल फर्काएका थिए । खेलमा नेर्पाका लागि दुई गोल गरेका बिकी चाम्लिङ म्यान अफ द म्याच समेत चुनिए ।

त्यस्तै दोस्रो खेलमा खाल्लेले खोटाङ फुटबल एकेडेमीलाई २–१ ले हरायो । खाल्लेका लागि दुवै गोल जोसन राईले गरे । पराजित खोटाङका लागि रोसेस श्रेष्ठले गोल फर्काएका थिए । खेलमा खाल्लेका जोसन राई म्यान अफ द म्याच घोषित भए ।

सोल्मा स्पोर्टस क्लब, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर – २, सोल्मा, खोटाङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७१,१११ रुपैयाँ हात पार्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई जनही ३५,५५५–३५,५५५ रुपैयाँ नगद प्रदान गरिने आयोजकले जानकारी दियो ।

त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल यही फागुन १९ गतेका दिन हुने आयोजक क्लबका प्रकाश राईले जानकारी दिए ।

Post Comments