News नेर्पा स्पोर्टसलाई प्रभुराम राई आमन्त्रित कपको उपाधि
गोलनेपाल

बुइपा । बुइपा–११ स्पोर्टस क्लब, बुइपा, खोटाङको आयोजनामा सम्पन्न प्रभुराम राई आमन्त्रित कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि नेर्पा स्पोर्टस क्लबले जितेको छ ।

आइतबार सम्पन्न फाइनलमा नेर्पा स्पोर्टसले गछिया युवा समाजलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ नेर्पा स्पोर्टसका लागि बिक्की चाम्लिङ राईले गोल गर्दा गछियाका लागि मिक्सेन दासले गोल गरेका थिए । पेनाल्टी शुटआउटमा भने नेर्पा स्पोर्टस ५–४ ले विजयी बन्यो ।

विजेता बनेको नेर्पा स्पोर्टस क्लबले उपाधिसहित नगद ३ लाख हात पार्दा उपविजेता गछिया युवा समाजले १ लाख ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । त्यस्तै सेमिफाइनलमा पराजित दुई टोली खरम्बु स्पोर्टस क्लब र आयोजक बुइपा–११ स्पोर्टस क्लबले जनही ५०–५० हजार हात पारे ।

विधागततर्फ नेर्पाका रोहन परियारले फाइनल खेलको म्यान अफ दि म्याच र उत्कृष्ट गोलरक्षकको पुरस्कार हात पारे । उत्कृष्ट डिफेन्डर बुइपाका रामसुर राई बन्दा उत्कृष्ट मिडफिल्डर गछियाका योहाना लिम्बु चुनिए । उत्कृष्ट फरवार्ड पनि गछिया कै रोहन गुरुङ बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार बिक्की चाम्लिङ राई र मिक्सेन दासले संयुक्त रुपमा हात पारे । त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने नेर्पा स्पोर्टसका राम ढकाल घोषित भए ।

 

Post Comments