News पारुहाङ स्पोर्ट्स क्लब ७ नं. वडा कपको च्याम्पियन
गोलनेपाल

खोटेहाखटेहाङङ । खोटाङ भगवती स्पोर्ट्स क्लब र खटेहाङ गाउँपालिका वडा नं. ७ को वडा कार्यालयको संयुक्त आयोजनामा सञ्चालित ७ नं. वडा कप खुल्ला (9A-side) नकआउट फुटबल प्रतियोगिता–२०८२ सम्पन्न भएको छ।

प्रतियोगिताको अन्तिम फाइनल खेलमा पारुहाङ स्पोर्ट्स क्लब र कट्टा फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा पारुहाङ स्पोर्ट्स क्लबले कट्टा फुटबल क्लबलाई सोझै ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो।

खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ०–० को बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५८औं मिनेटमा पारुहाङका सुबिन घिमिरेले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसैगरी खेलको ६४औं मिनेटमा आयुष राईले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको निर्धारित समयको अन्तिम समयमा जस बहादुर राईले तेस्रो गोल थप्दै पारुहाङलाई सहज जित दिलाएको हो।

उक्त खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका पारुहाङ स्पोर्ट्स क्लबका खेलाडी मिलन राई म्याच अफ दि म्याच घोषित भए सगै नगद रु १,००० पुरस्कार प्राप्त गरेको हो।

उपाधि विजेता पारुहाङ स्पोर्ट्स क्लबले नगद रु १,३५,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता टोली कट्टा फुटबल क्लबले नगद रु ८१,५०० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगितामा विभिन्न विधागत पुरस्कार पनि वितरण गरिएको थियो। सर्वोत्कृष्ट खेलाडी मानस राई तथा उत्कृष्ट गोलरक्षक नविन पोख्रेलले नगद रु ३,५०० सहित ट्रफी प्राप्त गरे। बेस्ट डिफेन्डर एलिस राई, हाई स्कोरर डिकेन राई र बेस्ट मिडफिल्डर जस बहादुर राईले जनही नगद रु २,५०० सहित ट्रफी हात पारे। पारुहाङ स्पोर्ट्स क्लबका टिम कोच उदय राइ उत्कृष्ट टिम कोच घोषित हुँदै नगद रु ४,००० सहित ट्रफीबाट सम्मानित भएको हो।

सेमिफाइनलमा पराजित चिसापानी युथ क्लब र साकेला युथ एसोसिएसन ले नगद रु २१,००० सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। माघ २६ गतेबाट सुरु भएको प्रतियोगिता फागुन १ गते भव्य, सभ्य र शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।

Post Comments