News खोटाङमा जारी ७ नं. वडा कपमा क्वाटरफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्यो
गोलनेपाल

खोटेहाङ । खोटाङ भगवती स्पोर्ट्स क्लबद्वारा सञ्चालित ७ न. वडा कप खुल्ला (9A-side) नकआउट फुटबल प्रतियोगिता २०८२ को दोस्रो दिनको सम्पूर्ण खेल सम्पन्न र २ टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा कट्टा फुटबल क्लबले श्री साप्सु जयपती फुटबल क्लब विरुद्ध १०-१ गोल अन्तरले विजयी हासिल गर्दै प्रतियोगिताको पहिलो चरणको क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको हो।

पहिलो खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै कट्टा एफसी खेलाडी युवराज थापा म्यान अफ दि म्याच बन्दै नगद रु १००० प्राप्त गरेको हो।

त्यसैगरी प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेलमा चिसापानी युथ क्लबले हाटडाँडा सिटि फुटबल क्लबलाई सोझै ६-० को गोल अन्तरले जित दिलाउदै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने सफल भएको हो।

खेलको निर्धारित समयसम्म उत्कृष्ट खेल प्रदर्शन गरेका चिसापानी युथ क्लबका खेलाडी रोहन राइ म्यान अफ दि म्याच घोषित भएसँगै नगद रु १००० प्राप्त गरेको हो।

प्रतियोगिताका विजेता टोलीले नगद रु १,३५,००० सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् र उपविजेताले नगद रु ८१,५०० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रत्यक खेलाडीहरूलाई विधागत पुरस्कारको रुपमा नगद सहित ट्रफी र प्रमाणपत्रको व्यवस्था रहेको छ।

Post Comments