खोटेहाङ । खोटाङ भगवती स्पोर्ट्स क्लबद्वारा सञ्चालित ७ न. वडा कप खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८२ को तेस्रो दिनमा चार खेल सम्पन्न भएको छ ।
प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा साकेला युथ एसोसिएसनले आयोजक टोली विरुद्ध ६-१ गोल अन्तरले विजयी हासिल गर्दै प्रतियोगिताको पहिलो चरणको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको हो।
पहिलो खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै साकेला युथ एसोसिएसनका खेलाडी आयम राइ म्यान अफ दि म्याच बन्दै नगद रु १००० प्राप्त गरेको हो।
त्यसैगरी प्रतियोगिताको तेस्रो दिनको दोस्रो खेलमा कट्टा फुटबल क्लबले मेर्ला फुटबल क्लबलाई २-१ को गोल अन्तरले पराजीत गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने सफल भएको हो।
उक्त खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका कट्टा फुटबल क्लबका खेलाडी एन्जित राइ म्यान अफ दि म्याच घोषित भएसँगै नगद रु १००० प्राप्त गरेको हो।
सोहि क्रममा प्रतियोगिताको तेस्रो दिनको तेस्रो खेलमा पारुहाङ स्पोर्ट्स क्लब र कात्तिके फुटबल क्लब बिच निकै नै प्रतिस्पर्धात्मक खेल हुदा निर्धारित समयको अन्तिम समयसम्म गोल रहित ०-० को अबस्थामा खेल ट्राइबेकर तर्फ धकेलिँदै पेनाल्टी सुट आउटमा ५-४ को गोल अन्तरले जित दिलाउदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो।
खेलको निर्धारित समयसम्म उत्कृष्ट खेल प्रदर्शन गरेका पारुहाङ स्पोर्ट्स क्लबका गोलरक्षक पेनाल्टी सुट आउटमा १ गोल बचाउदै नायक बनेका नविन पोख्रेल म्यान अफ दि म्याच घोषित हुँदै नगद रु १००० प्राप्त गरेको हो।
प्रतियोगिताको तेस्रो दिनको अन्तिम खेल चिसापानी युथ क्लब भर्सेस भगवती स्पोर्ट्स क्लब बिच आमनेसामने रोमाञ्चक भिडन्त भएको थियो। खेलको निर्धारित समयको अन्तिम समयसम्ममा चिसापानी युथ क्लबले भगवती स्पोर्ट्स क्लब विरुद्ध सोझै ३-० को गोल अन्तरले विजयी हासिल गर्दै प्रतियोगिताको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित पार्न सफल भएको हो।
खेलको अन्तिम समयसम्म उत्कृष्ट खेल प्रदर्शन गर्दै चिसापानी युथ क्लबका खेलाडी मनिक राइ म्यान अफ दि म्याच बने र नगद रु १००० प्राप्त गरेको हो।
प्रतियोगिताका विजेता टोलीले नगद रु १,३५,००० सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् र उपविजेताले नगद रु ८१,५०० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् र सेमिफाइनलिस्ट २ टिमले नगद रु २१,००० सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रत्यक खेलाडीहरूलाई विधागत पुरस्कारको रुपमा नगद सहित ट्रफी र प्रमाणपत्रको व्यवस्था रहेको छ।
क्वाटरफाइनलमा विजेता बनेका ४ टिम भोलिबाट प्रतियोगिताको अन्तिम फाइनल खेलको लागि सेमिफाइनल खेलमा एकआपस बेजोड भिडन्त हुनेछ। यस प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ भने प्रतियोगिताको अन्तिम फाइनल खेल फागुन १ गते हुनेछ।