News साबित्राले जोर्डन विरुद्धको फाइनल खेल गुमाउने
गोलनेपाल

काठमाडौं । नेपालकी चर्चित फरवार्ड साबित्रा भण्डारीले जारी वाफ महिला च्याम्पियनसिपतर्फ जोर्डन विरुद्धको फाइनल खेल गुमाउने भएकी छिन ।

फ्रेन्च क्लब गुइनग्याम्पका लागि व्यबसायिक फुटबल खेलिरहेकी साबित्राले फिफा विन्डोतर्फको निर्धारित मितिमा मात्र अन्तर्राष्ट्रिय फुटबल म्याच खेल्ने तय थियो ।

एन्फाका अनुसार फिफा विन्डोतर्फको मिति यही फेब्रुअरी १९ देखि २८ तारीखसम्म मात्र रहेकाले वाफ च्याम्पियनसिपतर्फ २९ फेब्रुअरी बिहीबारका दिन हुने फाइनल खेल साबित्राले गुमाउने तय भएको हो ।

एन्फाका अनुसार साबित्रा क्लब ड्युटीका लागि फ्रान्स फर्किनेछिन । नेपालले बिहीबार हुने जोर्डन विरुद्धको फाइनल साबित्रा बिना नै खेल्नुपर्नेछ ।

स्मरण रहोस, वाफ च्याम्पियनसिपतर्फा हाल साबित्रा सर्वाधिक गोलकर्ताको सुचीमा शिर्ष स्थानमा छिन । साबित्रा हालसम्म कुल ९ गोल गरिसकेकी छिन । 

Post Comments