News वाफ च्याम्पियनसिपकी टप स्कोरर साम्बा
गोलनेपाल

काठमाडौं । बिहीबार अबेर राती सम्पन्न वाफ महिला च्याम्पियनसिपतर्फ उपविजेता मै सिमित बने तापनि नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीले भने सर्वाधिक गोलकर्ताको अवार्ड हात पारेकी छिन् ।

प्रतियोगिता भरि कुल ९ गोल गरेकी साबित्राले क्लब ड्युटीका कारण फाइनल खेल भने गुमाएकी थिईन् । समापन कार्यक्रममा साबित्राको उक्त सर्वाधिक गोलकर्ताको अवार्ड टिम व्यवस्थापक बिन्द्रा देवानले ग्रहण गरेकी थिईन् ।

जोर्डनकी कप्तान मेसा जबराह प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिईन् । उत्कृष्ट गोलरक्षक पनि जोर्डन कै शेरिन अल सलाबी बनिन् । स्मरण रहोस, फाइनलमा साविक विजेता जोर्डनसँग नेपाल टाईब्रेकरमा पराजित हुन पुगेको थियो । निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

Post Comments