काठमाडौं । आयोजक स्वस्तिश्री गुरुकुलले तेश्रो एसजी अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताअन्तर्गत यु–१६ को उपाधि जितेको छ ।
सानो भ¥याङस्थित आयोजककै फुटसल ऐरिनामा भएको फाइनलमा स्वस्तिश्री गुरुकुलले पाठशाला नेपाल फाउन्डेसनलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । पारामाउन्ट स्कुल तेश्रो भयो ।
स्वस्तिश्रीका रिहानमान जोशी उत्कृष्ट गोलरक्षक, स्वस्तिश्रीका आरोभ शर्मा उत्कृष्ट खेलाडी र पाठशालाका मनिल अधिकारी सर्वाधिक गोलकर्ता घोषित भए । निसर्ग वाटिकाले अनुशासित टिमको ट्रफी हात पार्यो ।
यु–१४ उमेरसमूह रिब्स च्याम्पियन बन्यो । रिब्सले फाइनलमा स्वस्तिश्री गुरुकुललाई ३–० गोलअन्तरले हरायो । रिब्सका लागि ब्लेस गुरुङले २ तथा श्रमन गुरुङले १ गोल गरे । द एक्सेल्सियर स्कुल तेश्रो बन्यो ।
रिब्स स्कुलका आयुश केसी उत्कृष्ट गोलरक्षक चुनिए भने रिब्सकै ब्लेस गुरुङ सर्वाधिक गोलकर्ता बने । स्वस्तिश्रीका दिप खत्री उत्कृष्ट खेलाडी ठहरिए ।
यु–१२ मा बह्मकुञ्ज पहिलो भयो । फाइनलमा ब्रम्हकुञ्जले रिब्सलाई १–० गोलले पाखा लगायो । ब्रम्हकुञ्जका जेम्स राईले निर्णायक गरे । ब्राइट फ्युचर तेश्रो स्थानमा रह्यो ।
ब्राइट फ्युचरका कृपाल लम्साल सर्वाधिक गोलकर्ता बन्न सफल भए । रिब्सका सागरकुमार यादव उत्कृष्ट गोलरक्षक तथा ब्रम्हकुञ्जका सम्बृद्ध कुँवर (एलेक्स) उत्कृष्ट खेलाडी बने ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश कक्षपती, ब्राइट फ्युचर स्कुलका प्रधानाध्यापक दयाराम थापा, राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सरु लिम्बू, स्वस्तिश्रीकी प्रबन्ध निर्देशक मीना महर्जन, प्रधानाध्यापक नेहा केसी, अतिरिक्त क्रियाकलापका संयोजक राकेशकुमार राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि