News
झापा गोल्डकपमा आज महिलाहरुलाई प्रवेश निःशुल्क
बिर्तामोड । यहाँ जारी छैठौं झापा गोल्डकप अन्तर्गत शुक्रबार हुने खेलमा ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी महिला दर्शकहरुलाई प्रवेश निःशुल्क गरिएको छ । महिला दर्शकहरुलाई आज प्रवेश निःशुल्क गरिएको कुरा आयोजकले समेत आधिकारिक रुपमा जानकारी गराएको छ ।
स्मरण रहोस, बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा हुने झापा गोल्डकपको पहिलो सेमिफाइनल अन्तर्गत आज (शुक्रबार) विभागीय भिडन्तका रुपमा एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दै छन् ।
झापा गोल्डकप आयोजक समिति, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख हात पार्नेछ भने उपविजेताले ७ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन २८ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा