News
प्रितीलाई मोःमोः हबको नगदसहित सम्मान

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी स्टार मिडफिल्डर प्रिती राईलाई मोःमोः हब, सिड्नी अष्ट्रेलियाले नगदसहित सम्मान गरेको छ । गत महिना साउदी अरेबियामा सम्पन्न वाफ वुमन्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै मोःमोः हबले प्रितीलाई सम्मान गरेको हो ।
हबले एक कार्यक्रमका बीच प्रितीलाई नगद ५० हजार र सम्मानपत्रसहित सम्मान गरेको हो । स्मरण रहोस, वाफ महिला च्याम्पियनसिपमा नेपाललाई फाइनल पुर्याउन प्रितीको पनि महत्वपूर्ण भूमिका रहेको थियो । यद्यपि चोटका कारण प्रितीले फाइनल पूरा समय खेल्न भने सकिनन् ।
हाल घुँडाको शल्यक्रिया गरी स्वास्थ्य लाभ लिईरहेकी प्रितीले छिटै मैदानमा फर्किने विश्वास व्यत्तः गरेकी थिईन् । साथै मोःमो हबको यो सम्मानले आफूलाई थप उर्जा र हौसला मिलेको समेत प्रितीले प्रतिक्रिया दिईन् ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै