News
चर्च ब्वाईजलाई झापा गोल्डकपको उपाधी
बिर्तामोड । उत्कृष्ट जितका साथ यहाँ सम्पन्न छैठौ झापा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधी चर्च ब्वाईज युनाइटेडले जितेको छ ।
सोमबार भएको उपाधी भिडन्तमा चर्छ ब्वाईजले एपिएफ फुटबल क्लबलाई शुन्यका विरुद्ध ३ गोलले हराउँदै झापा गोल्ड्कपको नयाँ च्याम्पियन बन्न सफल भएको हो ।
डोमालाल राजवंशी रंगशालामा भएको खेलमा चर्च ब्वाईजका लागि आबायोमी फाकुन्लेले दुई गोल गरे भने थप एक गोल राजेश परियारले गरे ।
झापा गोल्डकप आयोजक समितिको आयोजनामा भएको प्रतियोगिताको विजेता चर्च ब्वाईजले उपाधी सहित नगद १३ लाख हात पार्यो भने उपविजेता एपीएफले ७ लाखमा चित्त बुझायो ।
Post Comments
Related News
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक