News
चर्च ब्वाईजलाई झापा गोल्डकपको उपाधी

बिर्तामोड । उत्कृष्ट जितका साथ यहाँ सम्पन्न छैठौ झापा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधी चर्च ब्वाईज युनाइटेडले जितेको छ ।
सोमबार भएको उपाधी भिडन्तमा चर्छ ब्वाईजले एपिएफ फुटबल क्लबलाई शुन्यका विरुद्ध ३ गोलले हराउँदै झापा गोल्ड्कपको नयाँ च्याम्पियन बन्न सफल भएको हो ।
डोमालाल राजवंशी रंगशालामा भएको खेलमा चर्च ब्वाईजका लागि आबायोमी फाकुन्लेले दुई गोल गरे भने थप एक गोल राजेश परियारले गरे ।
झापा गोल्डकप आयोजक समितिको आयोजनामा भएको प्रतियोगिताको विजेता चर्च ब्वाईजले उपाधी सहित नगद १३ लाख हात पार्यो भने उपविजेता एपीएफले ७ लाखमा चित्त बुझायो ।
Post Comments