News मिल्स भेट्रानलाई सफलता
गोलनेपाल

इटहरी । मिल्स भेट्रान क्लब, बिराटनगर यहाँ जारी चौथो इटहरी भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको प्रिक्वाटरफाइनलतर्फ मिल्सले उर्लाबारी भेट्रान क्लब, मोरङलाई टाईब्रेकरमा हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

त्यसअघि इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने मिल्स भेट्रान २–० ले विजयी बन्यो । खेलमा मिल्स भेट्रानका गोलरक्षक निसिप मन्ग्रती म्यान अफ द म्याच घोषित भए ।

हाम्रो इटहरी भेट्रान क्लबको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १० हजार हात पार्नेछ भने उपविजेताले ६१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र ३ गतेका दिन हुनेछ ।

Post Comments