
काठमाडौं । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले मलेसियासँग खेल्ने मैत्रीपूर्ण अभ्यास खेल र विश्वकप छनौटतर्फ बहराईनसँग हुने दुई खेलका लागि नेपालको फाइनल स्क्वाड घोषणा गरेका छन् । राष्ट्रिय टोलीमा लामो समयपछि अनुभवी भरत खवास पनि फर्किएका छन् ।
नेपालले यही मार्च १५ तारीखका दिन मलेसियासँग मैत्रीपूर्ण अभ्यास म्याच खेल्दैछ । त्यसपछि विश्वकप र एएफसी एसियन कप छनौटतर्फ बहराईनसँग उसकै घरेलु मैदानमा २१ र २७ मार्चका दिन दुई म्याच खेल्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मलेसिया हुँदै बहराईन जाने राष्ट्रिय फुटबल टोलीको मंगलबार एक कार्यक्रमका बीच विदाई समेत गर्यो ।
नेपालको फाइनल स्क्वाडः
गोलकिपर्सः किरन कुमार लिम्बु, अभिषेक बराल, बिशाल सुनार
डिफेन्डर्सः अभिषेक लिम्बु, सनिस श्रेष्ठ, अनन्त तामाङ, छिरिङ लामा, सुमित श्रेष्ठ, अजय चौधरी, सौभाग्य राई
मिडफिल्डर्सः भरत खवास, बिशाल बस्नेत, लाकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई
फरवार्डसः अन्जन बिष्ट, दिनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ, सन्जिव बिष्ट, जिलेस्पी जंग कार्की
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न