News वडा नम्बर २ लाई प्रथम वडा अध्यक्ष कपको उपाधि
गोलनेपाल

गोलबजार । यहाँ सम्पन्न प्रथम वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली वडा नम्बर २ ले जितेको छ । फाइनलमा वडा नम्बर २ ले वडा नम्बर १ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजेता बनेको हो ।

विजेता बनेको वडा नम्बर २ ले उपाधिसहित नगद ५१ हजार हात पार्यो भने उपविजेता १ ले ३१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो । बिनु आले मगर फाइनल खेलको म्यान अफ द म्याच घोषित भए ।

अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक विश्वजित ठकुरी बन्दा उत्कृष्ट डिफेन्डर अर्जुन भारती चुनिए । उत्कृष्ट मिडफिल्डर सफल लामा बन्दा उत्कृष्ट फरवार्ड किशोर बलम्पाकी घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार मिलन लामाले हात पारे भने उदियमान खेलाडी उप्सल लामा बने ।

गोलबजार नगरपालिका, वडा नम्बर २ को कार्यालय, लालपुर, सिरहाको आयोजना तथा गोलबजार नगरपालिका, गोलबजार, सिरहाको संरक्षकत्वमा सम्पन्न प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने अमन लामा घोषित भए ।

Post Comments