News प्रथम द राईजिङ सन फुटसल हुने
गोलनेपाल

काठमाडौं । द राईजिङ सन युवा क्लब, टोखाको आयोजनामा आगामी चैत्र १७ गतेका दिन प्रथम द राईजिङ सन युबा फुटसल कप हुने भएको छ ।

ग्रायण्डि फुटसमा हुने प्रतियोगिताको चैत्र १२ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३००० तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै तेस्राे टिमलाई ट्रफि र प्रमाण पत्र साथै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

थप जानकारीको लागि निम्न मोवाइल नम्बरमा सम्पर्क गर्न पनि सकिने पनि आयोजकले जनाएको छ । सम्पर्क मोबाईल नम्बरहरु ९७६१६१६६१५,९८६३६८०९०२ रहेका छन ।

Post Comments