News नेर्पाको ग्रासरुट कार्यक्रमलाई युवा फुटबल अभियन्त समिर राईको सहयोग
गोलनेपाल

नेर्पा । स्थानीय बाल खेलाडीहरुलाई प्रशिक्षण दिएर राम्रा खेलाडी उत्पादन गरेर फुटबलमा अवसर प्रदान गर्ने उद्देश्यका साथ नेर्पा स्पोर्टस क्लब, खोटाङले सञ्चालन गरिरहेको ग्रासरुट कार्यक्रमलाई विभिन्न शुभेच्छुक र समर्थकहरुले सहयोग गरिरहेका छन् ।

यसैक्रममा अखिल नेपाल कोशी प्रदेश फुटबल संघका उपाध्याक्ष, केपिलासगढि गाउँपालिका, बाक्सिलाका पालिका अध्यक्ष तथा युवा खेल अभियन्ता समिर राईले पनि सो कार्यक्रमलाई आफ्नो तर्फबाट सहयोग गरेका छन् ।

राईले ग्रासरुट कार्यक्रमलाई थप सफल र सृजनात्मक रुपमा सञ्चालन गर्न ४० हजार सहयोग गरेका हुन् । उनले बाल खेलाडीहरुलाई फुटबलमा लाग्न थप हौसला मिलोस भनेरै आफ्नो तर्फबाट सकेको सहयोग गरेको बताए । साथै यो ग्रासरुट कार्यक्रमको सफलताको शुभकामना पनि दिए ।

स्मरण रहोस, युवा खेलाडीहरु उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको ग्रासरुट कार्यक्रममा हाल ५० भन्दा बढी बाल खेलाडीहरु सहभागि रहेको नेर्पा स्पोर्टस क्लबले जनाएको छ । खेलाडीहरुलाई प्रशिक्षक बिरेन गुरुङ प्रशिक्षण दिईरहेका छन् ।

Post Comments