News सातौं भोजपुर गोल्डकप बैशाख पहिलो सातादेखि
गोलनेपाल

भोजपुर । जिल्ला फुटबल संघ, भोजपुरको आयोजनामा वार्षिक रुपमा आयोजना हुँदै आएको प्रतिष्ठित सातौं भोजपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आगामी वर्ष २०८१ सालको बैशाखमा हुने भएको छ ।

आयोजक भोजपुर जिल्ला फुटबल संघले प्रेस विज्ञप्ती जारी प्रतियोगिता आउँदो वैशाख ९ देखि १५ गतेसम्म सञ्चालन हुने ुसंघका महासचिव तुफान किराँत वान्तवाले जानकारी दिए । प्रतियोगिताबारे विस्तृत विवरण भने पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइने पनि महासचिव वान्तवाले बताए ।

Post Comments