News राष्टिय फुटबल टिमका गोलकिपर प्रशिक्षक तिम्सिना नगद सहित सम्मानित
गोलनेपाल

नेपाली राष्टिय फुटबल टिमका गोलकिपर प्रशिक्षक मनिष तिम्सिना नगद सहित सम्मानित भएका छन ।

कोशी प्रदेश फुटबल संघले बिहिबार धरानमा एक कार्यक्रमको आयोजना गरी तिम्सिनालाई भारतीय फुटबल लिगमा समेत आफ्नो टिमलाई च्याम्पियन बनाउदै नेपालीहरुको शिर उचो बनाएको भन्दै सम्मान गरेको हो ।

तिम्सिनालाई कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई तथा कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश प्रहरी कार्यलय बिराटनगरका प्रहरी नायब महानिरिक्षक चन्द्रकुबेर खापुङले नगद १० हजार सहित सम्मान गरे ।

संघले नेपाली फुटबलको इतिहासमै सन २०२१ बाट ए एफसी गोल किपर लेभल ए पास गर्ने पहिलो प्रशिक्षक स्थान प्राप्त गर्ने प्रशिक्षक रहेको भन्दै अन्तराष्टियस्तरमा कोशी प्रदेशको मात्र नभई नेपालकै इज्जत बढाएको उल्लेख गरेको छ । तिम्सिनाले सन २०१५ देखी सुरु भई २०२१ मा ए एफसी ए लाइसेन्स प्राप्त गरेका थिए । उनले प्रशिक्षण गराएको गोकुलम केरेला फुटबल क्लब भारतीय फुटबल लिगमा च्याम्पियन बनेको थियो ।

बिराटनगर ९ निवासी तिम्सिनाले २०५६ सालदेखी बिद्यालयस्तरीय फुटबल खेल्दै काठमाण्डौको हिमालयन शेर्पा, ब्रिगेड ब्वाइज लगायतका क्लबबाट खेलिसकेका छन । एक दशक यता उनी खेलाडी जीवनलाई बिश्राम दिदै प्रशिक्षकको रुपमा स्थापित भएका छन ।

Post Comments