News दोस्रो याङनाम गोल्डकपको तयारी पूरा (खेलतालीकासहित)
गोलनेपाल

फिदिम । याङनाम फुटबल क्लब, फिदिम-१०, पाँचथरको आयोजनामा यही चैत २७ गतेदेखि शुरु हुने दोस्रो याङनाम गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

फिदिम-१०, याङनाम स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको खेलतालीका पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा चैत २७ गतेका दिन आयोजक याङनाम एफसी (सेतो) र कुम्मायक गाउँपालिका भिड्ने छन ।

प्रतियोगिताको विजेताले उपाधी सहित नगद २ लाख २ हजार हात पार्नेछ भने उपविजेताले लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख २ गतेका दिन हुनेछ ।

Post Comments