News सातौं भोजपुर गोल्डकप खेल्ने टोलीहरुको टुंगो लाग्यो
गोलनेपाल

भोजपुर । आगामी वर्ष २०८१ बैशाख ९ देखि १५ गतेसम्म हुन गईरहेको सातौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिता खेल्ने टोलीहरुको टुंगो लागेको छ ।

जसमा त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाईज युनाइटेड, डाँगीहाट फुटबल क्लब, मोरङ। जर्जियन फुटबल क्लब, भारत, राजारानी फुटबल क्लब, धनकुटा, सलहेश युवा क्लब, सिरहा, खोटाङ भगवती स्पोर्टस क्लब, खोटाङ र आयोजक भोजपुर जिल्ला फ्टबल संघ गरी कुल ८ टोलीहरु रहेका छन् ।

प्रतियोगिताको पुरस्कार रकम लगायत अन्य विविध जानकारीहरु छिटै पत्रकार सम्मेलनको आयोजना गरी आधिकारिक रुपमा जानकारी गराईन भोजपुर जिल्ला फुटबल संघका महासचिव तुफान किराँत बान्तवनाले बताए ।

Post Comments