काठमाडौं । बिहीबारदेखि शुरु भएको शहिद स्मारक सी डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार दिनको पहिलो खेलमा बागमती युवा क्लब, सर्लाहीले विजयी शुरुवात गरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीले सानेपा क्लबलाई ३–१ ले हराउँदै महत्वपूर्ण तीन अंक जोड्न सफल भयो । बागमतीको जितमा बिमल घिसिङ र सृजन गौतमले एक–एक गोल गरे । थप एक गोल भने सानेपाका अमिर केसीले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए । उता पराजित सानेपाका लागि पेम्बा लामाले एक मात्र सान्त्वना गोल फर्काए ।
त्यस्तै शुक्रबार नै भएको दोस्रो खेलमा रानीबन स्पोर्टस क्लब र महाबीर क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । खेलमा रानीबनका लागि धनराज थापाले गोल गरे भने महावीरका लागि शिव चौलागाईले गोल गरेका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधी सहित नगद १० लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्नेले ७ लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले ५ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । लिगमा कुल १४ टोलीहरुले सहभागिता जनाउँदै छन ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)