News अन्तर जिल्ला आमन्त्रित कपको तयारी अन्तिम चरणमा
गोलनेपाल

फाल्गुनन्द । तिजोक युवा क्लब, पाँचथरको अयाोजनामा चैत २८ देखि बैशाख ४ गतेसम्म हुने अन्तर जिल्ला आमन्त्रित फुटवल प्रतियोगिताको तयारी तिब्र बनाइएको छ । फाल्गुनन्द गाउँपालीका–१ नवमीडाडाँ स्थित सिद्धदेवि माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाउने छन् ।

आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो । सो अवसरमा प्रतियोगिताको खेलतालिका र जर्सि पनि सार्वजनिक गरियो । क्लबका अध्यक्ष हेमराज आङदेम्बेका अनुसार प्रतियोगिताको तयारी तिव्रताका साथ भईरहेको छ ।

उद्घाटन खेलमा आयोजक तिजोक युवा क्लबले ताप्लेजुङ मैवाखोला गाउँपालिकाको सामना गर्नुछ । त्यस्तै पहिलो चरणमा केएफसी झापाले पाथिभरा युवा क्लब, सुनसरी, वाईएफसी मोरङले आठराई गाउँपालिका, तेह्थुम र नवकिरण स्र्पोटिङ क्बल, झापाले आत्मा पवित्र हाक्चात यक्चुम, माङसेबुङ इलामसँग खेल्ने छन् ।

नवमीडाँडालाई फुटबल र मेलाका माध्यमबाट त्यहाको आर्थिक तथा पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्य रहेको आयोजकले बतायो । प्रतियोगिताको मु्ख्य प्रायोजक सिजि ब्रुअरी मुस्ताङ बियर रहेको छ भने फाल्गुनन्द गाउँपालिका, फाल्गुनन्द गाउँपालिका वडा नं. १ को आर्थिक सहयोग रहको छ ।

प्रतियोगिताको विजेताले २ लाख ५ हजार ५ सय ५५ रुपैँया नगद र ट्रफि पाउनेछ भने उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैँया नगद र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । त्यसवाहेक प्रतियोगितामा सहभागि खेलाडीको सामुहिक बिमा गरिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिता कै अवसर पारेर विभिन्न साँस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमको आयोजना पनि गरिने आयोजकले जनाएको छ । साथै प्रतियोगिता अवलोकन गरिदिन आयोजकले सबै खेलप्रेमीलाई अनुरोध समेत गरेको छ ।

Post Comments