News एसइइ फुटसल हुँदै
गोलनेपाल

काठमाडौं । एआईटिएम कलेज, सातदोबाटोको आयोजनामा यही बैशाख ९ गतेका दिन एसइइ फुटसल प्रतियोगिता हुने भएको छ । आयोजक कलेज कै फुटसल मैदानमा हुने प्रतियोगितामा २०८० सालको एसइइ परीक्षामा सम्मिलित खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक कलेजले जनाएको छ ।

Post Comments