News अमर माविलाई भरतपुर मेयर कपको उपाधि
गोलनेपाल

भरतपुर । भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगको उपाधि अमर मावि पटिहानीले जितेको छ । फाइनल खेलमा विश्व प्रकाश माविलाई टाइब्रेकरमा ४-१ ले पराजित गर्दै अमर मावि च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । जसमा अमर माविले बाजि मारेको हो । अमर माविका पुकार महतो म्यान अफ दि म्याच भए ।

विजेता अमर माविले ट्रफीसहित ३० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता विश्व प्रकाशले २० हजार र ट्रफी प्राप्त गरेको छ । यस्तै तेस्रो भएको आदिकवि भानु माविले १० हजार र ट्रफी पाएको छ ।

अमर माविका बसन्त कुमाल प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । अमरकै आयुश दरै उत्कृष्ट गोलरक्षक, विश्व प्रकाशका विश्वास गौतम उत्कृष्ट डिफेन्डर, अमर माविका रितेश सुनार उत्कृष्ट मिडफिल्डर, आदिकवि भानु माविका बिजेश परियार उत्कृष्ट फर्वाड तथा अमरका आइतराम गुरुङ उत्कृष्ट प्रशिक्षक बने । उनीहरूले जनही ३-३ हजार प्राप्त गरे ।

Post Comments