News द ओसन क्लब र महालक्ष्मी माविको सहकार्यमा युवा खेलाडीहरुलाई छात्रवृत्तिको अवसर
गोलनेपाल

गोरखा । मोफसलमा रहेर ग्रासरुट र युथ फुटबलमा सक्रिय भई लागिपरेको द ओसन क्लब, गोरखाले एसइइ दिएका युवा खेलाडीहरुलाई छात्रवृत्ति दिने भएको छ ।

क्लबले गोरखा कै श्री महालक्ष्मी मावि, लक्ष्मीबजारसँगको सहकार्यमा छात्रवृत्ति दिन लागेको हो । क्लबका अनुसार एसइइ दिएका क्षमतावान, मेहनती र खासगरी विपन्न वर्गका युवा खेलाडीहरुलाई ११ कक्षामा पूर्व छात्रवृत्ति दिने बताएको छ ।

साथै क्लबले इच्छुक खेलाडीहरुलाई यथाशिर्घ सम्पर्क गर्न सूचनासँगै अनुरोध समेत गरेको छ । क्लबका अध्यक्ष अमित खत्रीका अनुसार आफूहरुले ग्रासरुट र युवा खेलाडीहरुलाई सधै प्राथमिकतामा राखेको बताए ।

स्मरण रहोस, क्लबले वार्षिक रुपमै द ओसन कपको रुपमा राष्ट्रिय युथ फुटबल प्रतियोगिता पनि आयोजना गर्दै आईरहेको छ ।

Post Comments