News
एन्फा युथ लिग खेल्ने एनआरटीको स्क्वाड घोषणा

काठमाडौं । बहुप्रतिक्षित एन्फा युथ लिग यु–१८ ए डिभिजन फुटबल प्रतियोगिता खेल्ने तयारीमा रहेको न्युरोडटिम (एनआरटी) ले आफ्नो फाइनल स्क्वाड घोषणा गरेको छ ।
एनआरटीले आइतबार आफ्नो आधिकारिक क्लबको पेजमार्फत युथ लिग खेल्ने ३० सदस्यीय स्क्वाडको घोषणा गरेको हो । क्लबका अनुसार टोलीमा परेका बढी जसो खेलाडीहरु क्लबकै एकेडेमीबाट उत्पादित रहेको जनाएको छ ।
स्मरण रहोस, एन्फा युथ लिग यही असार ३० गतेदेखि शुरु हुँदैछ । साथै लिगको खेलतालिका यही असार २६ गते सार्वजनिक गर्ने एन्फाले जनाईसकेको छ । लिगमा कुल १२ ए डिभिजन क्लबहरुले सहभागिता जनाउने छन् ।
Post Comments
Related News
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने