बिर्तामोड । खेलकुदसँगै सामाजिक कार्यमा पनि आफूलाई क्रियाशील राखेका झापा फुटबल क्लबका अध्यक्ष अर्पन बिक्रम खड्का र उनको परिवारद्वारा १४ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् ।
खड्काको परिवारले लिला माया खड्का–आदर्श फाउण्डेशनमार्फत पशुपति मावि, बाह्रदशी–३, राजगढका विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु सहयोग र प्रायोजन गरेको हो ।
जसमा १४ विद्यार्थीहरुलाई दुई जोर शैक्षिक पोशाक, एक जोर जुत्ताका साथ कापी, कलम र ब्याग एक वर्षका लागि प्रायोजन गरेका हुन् । त्यस्तै विद्यार्थीहरुले अध्ययन गर्ने विद्यालयले भर्ना शुल्क, मासिक शुल्क र पुस्तक शुल्क नलिने गरी विद्यार्थीहरुलाई सहयोग गरेको खड्काले जानकारी दिए ।
अध्यक्ष खड्काले खेलकुद आफ्नो रुचीको विषय भए तापनि समाजसेवालाई जिम्मेवारीका रुपमा लिएको बताए । उनले समाजका लागि केही न केही गर्नैपर्ने आफ्नो स्वभाव भएकाले यो पवित्र कार्यक्रमा आफूलाई परिवारको पनि राम्रो साथ मिलेको प्रतिक्रिया दिए ।



- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक