काठमाडौं । एन्फा युथ लिग यु–१८ फुटबल प्रतियोगिता अन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लब सहज जितका साथ लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार भएको दोस्रो खेलमा पुलिसले सातदोबाटो युथ क्लबमाथि ६–१ को एकतर्फी जित निकाल्यो । पुलिसको जितमा सुबास बम र बिक्रम गौतमले २–२ गोल गरे । त्यस्तै साजनराज गौतम र गणेश पुलामीले थप एक–एक गोल गरे । पराजित सातदोबाटोका लागि भने निशप्रकाश बरालले एक मात्र सान्त्वना गोल फर्काए ।
यो नतिजापछि ५ खेलबाट १३ अंक जोडेको पुलिस शिर्ष स्थानमा उक्लेको छ । पराजित सातदोबाटोको खातामा भने ७ अंक छ र लिगतालिकाको मध्यतिर संघर्षरत छ । मंगलबारको खेलसँगै प्रतियोगिताको पाँचौं चरणको खेलहरु पनि सम्पन्न भएका छन् ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)