News दोस्रो खासुर कप असोज १० गतेदेखि
गोलनेपाल

बेसीशहर । आउँदै गरेको बडा दशैं, तिहार र छठ पर्वको अवसर पारी खसु रोधी युवा क्लब, बेसीशहर–१०, खासुर, लमजुङमा असोज १० गतेदेखि दोस्रो खासुर कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

बेसीशहर १० स्थित खासुर खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता असोज ५ गतेदेखि खुला गरिनेछ । प्रतियोगिताको टिमदर्ता शुल्क ७०००+१००० तोकिएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ६० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई जनही ७–७ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

भेट्रान फुटबल प्रतियोगिता पनि हुने

त्यस्तै सोही अवसरमा सेभेन ए साईड भेट्रान फुटबल प्रतियोगिता पनि हुने भएको छ । आयोजकका अनुसार प्रतियोगितामा दुई खेलाडी ३० वर्ष माथिको र अन्य खेलाडीहरुको उमेर ३५ वर्ष माथि हुनुपर्नेछ । साथै प्रमाण खुल्ने कागजात पनि पेश गर्नुपर्नेछ ।

भेट्रानतर्फ पनि टिमदर्ता पनि असोज ५ गतेदेखि हुला गरिनेछ । भेट्रानतर्फ टिमदर्ता शुल्क ६०००+१००० तोकिएको छ । भेट्रानतर्फको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यसैगरी विधागततर्फ उत्कृष्ट हुने खुला र भेट्रान प्रतियोगिताका खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments