
तेह्रथुम जिल्लाका एन्फा रेफ्री सुमन खापुङको गंगालाल हस्पिटल काठमान्डौमा आज (भदौ १३ गते) मुटुको अप्रेशन हुँदैछ ।
उनको बिहान ७ः३० देखि अप्रेशन शुरू हुने जानकारी प्राप्त भएको छ । मुटुको एउटा भल्ब लिक भएकोले भल्ब नै परीवर्तन गरी ओपन हर्ट शल्यक्रिया गर्नुपर्ने भएको छ । गत बैसाख ११ गते मुटुको समस्याको कारण अचानक प्रेसर लो भएर खापुङ ढलेका थिए र शरीरको देब्रे भाग पुरै प्यारालाइसिस पनि भएको थियो । उनको तत्कालका लागि वि.पि. कोइराला प्रज्ञा प्रतिष्ठान धरान घोपामा उपचार गरिएको थियो ।
चिकित्सकको सल्लाह र रिपोर्ट बमोजिम उनको आज गंगालाल हस्पिटलमा अप्रेशन हुदैछ । प्यारालाइसिस भए पश्चात उनी आफै हिडडुल गर्न समेत नसक्ने अवस्थामा थिए । शुरूवाती समय भन्दा पछिल्लो समय केही सुधार भने आउँदै थियो ।
उपचार पश्चात चॉडै मैदानमा रेफ्रीको भूमिकामा देख्न पाइयोस GoalNepal सफल उपचारको कामना गर्दछौ ।
- मदन मेलाको उपाधिःपुरूष तर्फ सोधुङ सेन्दाङ र महिला तर्फ म्याङलुङ स्पोर्टिङलाई
- उपाधिका लागि सोधुङ सेन्दाङ र आठराई गाउँपालिका भिड्ने
- आठराई मदनमेलाको पुरूष तथा महिला फुटबलको सेमिफाईनल समिकरण पूरा
- तमु ह्योल छोजधी र फेदाप गाउँपालिका मदन मेलाको सेमिफाइनल प्रवेश
- मदनमेलाको दोस्रो दिन पुरूष तर्फ प्रि क्वाटर फाइनलका पॉच खेल सम्पन्न