News
एन्फा महिला लिगः दुवै खेलहरु बराबरीमा टुंगिए
काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न भएका दुई खेलहरु बराबरीमा टुंगिएका छन् । एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।
खेलमा चन्द्रपुरका लागि रजनी थोकरले गोल गरिन् भने कर्णालीका लागि सुनकला राईले गोल गरेकी थिईन् । त्यस्तै बर्षाका कारण केही अबेर शुरु भएको दोस्रो खेलमा दुई विभागीय टोली एपिएफ र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- बिमलाको निर्णायक गोलमा आत्मा पवित्र फाइनल प्रवेश