News राजी कन्स्ट्रक्सन प्रथम आरुष स्मृति कप हुने
गोलनेपाल

भरतपुर । लखनपार्क खेलकुद उपसमिति नालापानी र मन्त्रालय, भरतपुर–१, रामनगर, चितवनको आयोजनामा यही असोज १४ गतेदेखि राजी कन्स्ट्राक्सन प्रथम आरुष स्मृति कप नाईन ए साईड खुला फुटबल प्रतियोगिता हुने भएको छ ।

भरतपुर–१, रामनगर, लखनपार्क स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि अझै खुला गरिएको छ । साथै प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि टिमदर्ता शुल्क ६५०० तोकिएको छ ।

राजी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि., भरतपुर–१, चितवनको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजारसहित ट्रफी हात पार्नेछ भने अन्य विधागततर्फका खेलाडहिरुले जनही ३–३ हजारसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै प्रतियोगिताको तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।

Post Comments