News
तेस्रो चुहानडॉडा खेलकुद कार्यक्रममा लुङभित्ताको विजयी शुरूवात

आठराई । तेह्रथुमको आठराईमा शनिबार देखि शुरू भएको तेस्रो चुहानडॉडा खेलकुद कार्यक्रममा लुङभित्ता चुहानडॉडाले विजय शुरूवात गरेको छ ।
आठराई गाउँपालिका वडा नं ६ चुहानडॉडा स्थित तेह्रथुम बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न पहिलो खेलमा वडा नं ६ लाई २-० गोल अन्तरले पराजित गर्दै लुङभित्ता दोस्रो चरणमा प्रवेश गरेको हो ।
२१ टीम सहभागि रहेको प्रतियोगिताको बिजेताले नगद १ लाख र उपविजेताले ५० हजार प्राप्त गर्ने प्रतियोगिताका अध्यक्ष ओम कुमार लिम्बुले बताउँनु भयो । फाइनल खेल यही असोज २४ गतेका दिन हुनेछ ।
वडा दशैको अवसरमा लाग्दै आएको कार्यक्रमका लागि वडा कार्यलयले आर्थीक सहयोग गरिरहेको वडाध्यक्ष कृष्ण प्रसाद बास्कोटाले जानकारी समेत ।
Post Comments
Related News
- तेह्रथुमकी सेमिहाङमा साफ गेम खेल्न बंगालादेश जॉदै
- केलाङ मेला तेह्रथुमको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई
- केलाङ मेला तेह्रथुमः उपाधिका लागि चुलाचुली र सम्दुको भिडन्त पक्का
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो