शनिश्चरे । झापाको अर्जुनधारा १ सिस्नेस्थित सहिद टेकमान रंगशालामा जारी फुटबल प्रतियोगितामा शनिश्चरे एफसी उपाधि दौडबाट बाहिरिएको छ ।
पाहुना टोली झापा एफसी राजगढले २-० गोलअन्तरले शनिश्चरेलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । उपाधिको दाबेदार टोली शनिश्चरेको आजै दुई सेमिफाइनल खेल भएकाले नियमित ५ खेलाडी यहाँ सहभागी थिएनन् ।
यद्यपि, राम्रो प्रदर्शन गरिरहेकै बेला झापा एफसीका परिवर्तित खेलाडी दिपेश श्रेष्ठले गोल गरेका थिए । १-० गोलको अग्रतामा झापा एफसीकै लागि रोशन धिमालले रित्तो पोस्टमा गोल गरेर अग्रता दोब्बर बनाएका हुन् ।
पहिलो सेमिफाइनल खेलको प्लेयर अफ दी म्याच झापा एफसीका गोलरक्षक आयुश योङहाङ भए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले, अर्जुनधारा १ का अध्यक्ष उपेन्द्र बस्नेत, खेल संयोजक बेनुकुमार राईले नगद १ हजार ५ सय पुरस्कार प्रदान गरे ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा