मेचीनगर । झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा आजदेखि सुरु प्रथम इँटाभट्टा फुटबल प्रतियोगितामा झापा एफसीले विजयी सुरुवात गरेको छ । पाहुना टोली भारतको गोर्खा ब्वाइज सिलोङलाई पराजित गर्दै झापाले सेमिफाइनल यात्रा तय गरेको हो ।
एफसी इँटाभट्टाको आयोजनामा भएको उद्घाटन खेलमा झापा एफसीले २-१ गोलअन्तरमा पाहुना टोलीको चुनौती समाप्त पारेको हो । झापाका लागि दुवै गोल श्याम मुर्मूले गरेका हुन् भने गोर्खा ब्वाइजका लागि कप्तान सुरज गुरुङले गरेका हुन् ।
सुरुवाती अग्रता झापा एफसीले लिएको थियो । पहिलो हाफको २७औँ मिनेटमा श्याम मुर्मूले गोल गर्दै अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ८ मिनेटमै गोर्खा ब्वाइजका सुरज गुरुङले पेनाल्टीमार्फत बराबरी गोल गरे ।
खेलको इन्जुरी समयमा पुनः झापाका श्याम मुर्मूले व्यक्तिगत दोस्रो गोल गरेर टिमलाई अन्तिम चारमा पुराएका हुन् । उनी प्लेयर अफ दी म्याच बन्दै नगद दुई हजार एक सय पाउन सफल भए ।
शनिबार शनिश्चरे एफसी अर्जुनधाराले सतासीधाम स्पोर्टिङ क्लब शिवसताक्षीबीच खेल हुनेछ । कात्तिक ९ गते हुने फाइनल खेलको विजेताले नगद १ लाख ११ हजार १११ र उपविजेताले ५१ हजार १११ सहित आकर्ष ट्रफी पाउने छ ।
यसैगरी, विधागततर्फ पुरस्कृत खेलाडीले जनही ५-५ हजार र सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार पाउने छन् । प्रतियोगितामा आठ वटा टोली रहेका छन् ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा