News
ह्यापी क्लब प्रथम ईट्टाभट्टा कपको सेमिफाइनलमा

मेचीनगर । प्रभावशाली जितका साथ ह्यापी क्लब, काकरभिट्टा यहाँ जारी प्रथम ईट्टाभट्टा कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा भएको तेस्रो क्वाटरफाइनलतर्फ ह्यापी क्लबले डिएफसी, बाहुनडागीलाई ४–२ ले हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।
खेलमा ह्यापी क्लबका दिवस उराउ म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत कार्तिक ५ गते सोमबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल आयोजक इट्टाभट्टा एफसी र ब्रदर्स युनाइटेड बीच हुने आयोजकले जानकारी दियो ।
इट्टाभट्टा फुटबल क्लब, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने कार्तिक ९ गतेका दिन हुनेछ ।
Post Comments