News
ह्यापी क्लब प्रथम ईट्टाभट्टा कपको सेमिफाइनलमा
मेचीनगर । प्रभावशाली जितका साथ ह्यापी क्लब, काकरभिट्टा यहाँ जारी प्रथम ईट्टाभट्टा कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा भएको तेस्रो क्वाटरफाइनलतर्फ ह्यापी क्लबले डिएफसी, बाहुनडागीलाई ४–२ ले हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।
खेलमा ह्यापी क्लबका दिवस उराउ म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत कार्तिक ५ गते सोमबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल आयोजक इट्टाभट्टा एफसी र ब्रदर्स युनाइटेड बीच हुने आयोजकले जानकारी दियो ।
इट्टाभट्टा फुटबल क्लब, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने कार्तिक ९ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा