News
दोस्रो इन्टर स्कुल फुटसल च्याम्पियनसिप मंसिर अन्तिम साता
काठमाडौं । पिक प्वाइन्ट अलुम्नीको आयोजनामा आउँदो मंसिर २९ र ३० गतेका दिन दोस्रो इन्टर स्कुल फुटसल च्याम्पियनसिप हुने भएको छ ।
बुढानिलकण्ठ–१३, गम्छा स्थित भद्रकाली फुटसल एण्ड रिक्रियशन सेन्टरमा हुने प्रतियोगिताको मंसिर २५ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३५०० तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकका राजेश श्रेष्ठले जानकारी दिए ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि