News
कमलालाई भोजपुर जिल्ला फुटबल संघको आर्थिक सहयोग
भोजपुर । क्यान्सर जस्तो घातक रोगसँग जुधिरहेकी महिला फुटबल खेलाडी कमला श्रेष्ठलाई गृहजिल्लाबाट आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
कमलालाई भोजपुर जिल्ला फुटबल संघले उपचारमा केही सहयोग पुगोस भनेर नगद २० हजार रकम उपलब्ध गराएको हो ।
भोजपुर जिल्ला कै प्रतिनिधित्व गरेर कोशी प्रदेशस्तरीय महिला फुटबलमा भोजपुरलाई उपविजेता बनाउनुका साथै उत्कृष्ट रक्षक समेत चुनिएकी कमला हाल पाठेघरको क्यान्सरले थलिएकी छिन् ।
उनको उपचार खर्चिलो हुने र घरको आर्थिक अवस्था पनि कमजोर रहेकाले कमलालाई मनकारीहरुबाट सहयोग गर्न अपिल समेत गरिएको छ ।
थप सहयाेग काे लागि:
KAMALA SHRESTHA
[ 0845753079092001 NIC ASIA BANK ]
Post Comments
Related News
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा