News आठौ पाङमा कप फुटबल प्रतियोगिता: तुम्लिङटार स्पोर्टिङ क्लब र आदर्श युथ क्लब सेमिफाइनलमा प
गोलनेपाल

आठौ पाङमा कप फुटबल प्रतियोगिताको आज भएको तेस्रो क्वाटरफाइनल खेलमा तुम्लिङटार स्पोर्टिङ क्लब र आदर्श युथ क्लबले सेमिफाइनलमा स्थान बनाएका छन्।

तुम्लिङटार स्पोर्टिङ क्लब २-० लोहोरुङ एफ.सी.

तुम्लिङटार स्पोर्टिङ क्लबले लोहोरुङ एफ.सी.लाई २-० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ। यस जितमा तुम्लिङटारका लागि जर्सी नं. ७ का सिजल राइ र सोनाम तामाङले एक-एक गोल गरे। खेलको म्यान अफ म्याच सिजल राइ घोषित भए। उनले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टोलीलाई सेमिफाइनलमा पुर्याउने महत्वपूर्ण भूमिका निभाए।

आदर्श युथ क्लब २-१ खादबारि युथ क्लब

अर्को क्वाटरफाइनल खेलमा आदर्श युथ क्लब झापाले खादबारि युथ क्लबलाई २-१ ले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ। सुरुवातमा खादबारि युथ क्लबले अग्रता लिएको थियो, जर्सी नं. ६ का अर्जुन राइले फ्री किकबाट उत्कृष्ट गोल गर्दै १-० को अग्रता बनाएका थिए। तर, आदर्श युथ क्लबले छिट्टै गोल फर्काउँदै खेल बराबरीमा ल्यायो। जर्सी नं. ११ का डेनिएलले गोल गरेर खेललाई १-१ बराबरीमा पुर्याए।

खेलको अन्तिम समयमा खादबारि युथ क्लबका जर्सी नं. ५ का दिपायल राइले डि बसमा फल गरेपछि उनले डबल येलो कार्ड र रेड कार्ड खाए, जसका कारण पेनाल्टीको अवसर प्राप्त भयो। यस पेनाल्टीमा राजेस साहले सहजै गोल गर्दै आदर्श युथ क्लबलाई २-१ को जित दिलाए। खेलको म्यान अफ म्याच डेनिएल भएका छन्।

भोलि सेमिफाइनल खेल हुने

भोलि, प्रतियोगितामा दुई वटा सेमिफाइनल खेल हुनेछन्। फुटबल प्रेमीहरूले ती खेलको लागि तयारी गर्न थालेका छन्, र यस प्रतियोगितामा अबको खेल अझ रोचक हुने अपेक्षा गरिएको छ।

Post Comments