News
दमक नगरपालिकालाई प्रथम लोकतान्त्रिक कपको उपाधि

गौरादह । झापा जिल्ला अन्तरपालिका स्तरीय प्रथम लोकतान्त्रिक कप नकआउट फुटबल प्रतियोगिताको उपाधि दमक नगरपालिकाले जितेको छ ।
गौरादह–१ स्थित जनता माविको खेलमैदानमा भएको फाइनल भिडन्तमा दमकले घरेलु टोली गौरादह नगरपालिकालाई १–० ले हराउँदै उपाधि जितेको हो ।
विजेता बनेको दमक नगरपालिकाले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता गौरादह नगरपालिका ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
नेपाल लोकतान्त्रिक खेलकुद नगर समिति, गौरादह, झापाको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा झापा जिल्लाका ११ पालिकाका फुटबल टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments